कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : दुई मन्त्रीसहित ३३ जनाले राखे धारणा
काठमाडौँ । गत सोमबार (असार १६) देखि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । आजको बैठकमा दुई जना मन्त्री सहित ३३ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।
बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी सहित ३३ जनाले धारणा राखेका हुन् । आजको बैठकमा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दिपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाई, अमृत अर्याल, कल्पना चौधरी, किरणराज शर्मा पौडेल, गेहेन्द्र गिरी, तारामान गुरुङ, राजीव कोइरालाले धारणा राखेका थिए ।
त्यस्तै उमेशजंग रायमाझी, अब्दुल सत्तार, राजीव ढुंगाना, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, मुक्ताकुमारी यादव, प्रतिमा गौतम, प्रा.डा. गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, डा. गंगालक्ष्मी अवाल, सुशिला थिङ, सुशिला ढकाल (आचार्य), शान्ति परियार वि.क., डा. जीवन राना, धना खतिवडा, गोमाकुमारी भट्टराई, अनिलकुमार रुंगटा, आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले धारणा राखेका थिए ।
विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ । कार्यसमितिको बैठक असार २२ गते विहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण