नागरिकताविहीन दुर्गाको ५१ वर्षपछि पूरा भयो नागरिक पहिचानको सपना
सुर्खेत । जीवनका पाँच दशकसम्म अनागरिकको जस्तै पीडादायी जीवन बिताइरहेका दैलेखका एक व्यक्तिले ५१ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । दुल्लु नगरपालिका–५ निवासी ५१ वर्षीय दुर्गा प्रसाद रिजालले आफ्नै निवासमा नागरिकता पाएका हुन् ।
शारीरिक अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने रिजाललाई घरमै पुगेर नागरिकता प्रदान गरिएको सोसेक नेपालका संस्थापक तथा कार्यकारी निर्देशक हिरासिंह थापाले रातोपाटीलाई बताए ।
उनका अनुसार सोसेक नेपालले सञ्चालन गरेको हातेमालो परियोजनाले रिजाल नागरिकताविहीन रहेको पहिचान गरेपछि प्रक्रिया अघि बढेको थियो ।थापाले भने, ‘उहाँ शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ, हिँडडुल गर्न सक्नुहुन्न । पहिले कसैले सहयोग गरेनन्, त्यसैले नागरिकता पाउनुभएको रहेनछ ।’
सोसेक नेपालको पहलपछि इलाका प्रशासन कार्यालय, दुल्लुका शाखा अधिकृत अर्जुन बहादुर मल्ल नेतृत्वको टोली रिजालकै निवासमा पुगेर नागरिकता हस्तान्तरण गरेको थापाले जानकारी दिए ।
रिजालले बिहीबार नागरिकता पाए भने शुक्रबार अपाङ्गता परिचयपत्र पनि पाएका छन् । अपाङ्गता परिचयपत्रको प्रक्रिया बिहीबार नै अघि बढाइएको थियो ।
‘हामीले नागरिकताका लागि पहल गर्यौँ, अब अपाङ्गता परिचयपत्र पनि पाउनुभयो,’ थापाले भने ।अपाङ्गता परिचयपत्र पाएसँगै उनले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायतका सुविधामा सहजै पहुँच पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण