फिल्मको संख्या घटाउँदै दयाहाङ : भन्छन्, 'पैसामुखी बनेको आरोप लाग्न थाल्यो'
काठमाडौं । पछिल्लो समय नियाल्ने हो भने अभिनेता दयाहाङ राईका चलचित्रले हल टुटाएका छैनन् । उनी स्वयम्लाई पनि थाहा हँुदैन । आफ्नो कुन चलचित्र प्रदर्शनमा आयो र कुन आउँदैछ भनेर । कारण, उनले धेरै चलचित्र अभिनय गर्नु नै हो ।
सायद, त्यसैले पनि होला अभिनेता दयाहाङले अब भने चलचित्रको संख्या घटाउने भएका छन् । केही दिन पहिले राजधानीमा आयोजित चलचित्र ‘भैरे’को कार्यक्रममा दहाङले आफू अब चलचित्रको संख्या घटाउन तिर लागेको बताए ।
‘आफैले खेलेको चलचित्र प्रचारका लागि समय पनि दिँदैन । पैसामुखी बन्यो भन्ने आरोप लाग्न थाल्यो,’ दयाहाङले भने, ‘अबको दिनमा चलचित्र केही कम गर्ने सोच बनाएको छु ।’ भर्खर ‘आप्पा’नामक चलचित्र छायाँकन सकाएका दयाहाङले लगातार अभिनय गर्नु करियरका लागि पनि राम्रो नहुने देखेर संख्या घटाउन लागेको सुनाए ।
‘चलचित्र कम गर्न थाल्नु भएको हो र ?,’ एक पत्रकारले उनलाई प्रश्न राखे । जवाफमा दयाहाङले भने, ‘मलाई पनि मेरा चलचित्र लगातार रिलिज होस् भन्ने लाग्दैन । रिलिजमा ग्याप हुने गरेर चलचित्र अभिनय गर्दा पनि कहिलेकाहीँ विभिन्न कारणले एकसाथ आइदिँदो रहेछ । उनले थपे ‘आगामी दिनमा रिलिजको सेडुल मिलाएर मात्र चलचित्र अभिनय गर्छु ।’
अहिलेसम्म करिब ३५ हाराहारीको चलचित्र अभिनय गरेका दयाहाङका ‘नीरफूल’ र ‘साइँली’ निर्माणको क्रममा रहेका छन् भने ‘भैरे’साउनबाट प्रदर्शनमा आउँदैछ । एक साता अगाडी मात्र उनको चलचित्र ‘नेफ्टे’ आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण