प्रहरी कन्ट्रोलमा हत्याराको फोन- ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्रिन आउनु’
सारांश
- भोजपुरमा एक युवकले ससुरालीमा सासू, ससुरा, श्रीमती र सालोको हत्या गरेका छन्।
- आरोपीले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए, र उनलाई घाइते अवस्थामा पक्राउ गरिएको छ।
- प्रहरीका अनुसार, पारिवारिक विवादका कारण हत्या भएको हुनसक्ने अनुमान गरिएको छ।
काठमाडौँ । भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ स्थित धोदलेखानीमा एक जना युवकले एकै परिवारका ४ जनाको हत्या गरेका छन् । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुरालीमा गएर सासू, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन् ।
चारै जनालाई छुरा रोपेर बीभत्स तवरले हत्या गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठले रातोपाटीलाई बताए । आरोपीले ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, मनिषा गिरी र सपन गिरीको हत्या गरेका हुन् । मनिषाचाहिँ हत्या आरोपीकी पत्नी हुन् ।
शनिवार राति परिवारको हत्या गरेपछि राजेन्द्रले प्रहरी कन्ट्रोलमा फोन गरेर भने– ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुस् ।’ ११ बजेतिर हत्या गरेर आरोपीले १ बजेतिर फोन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । संवेदनशील सूचना पाएपछि घटनास्थलमा प्रहरी पठाइएको इन्स्पेक्टर श्रेष्ठले बताए । फोन गर्नेले भनेकै ठाउँमा प्रहरी पुग्दा ४ जना मृत अवस्थामा भेटिए । हत्यामा संलग्न आरोपीलाई घटनास्थलभन्दा करिब ५ किलोमिटर टाढा हर्बु भञ्ज्याङबाट प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएको छ ।
हत्यामा संलग्न राजेन्द्रलाई जिल्ला अस्पतालबाट थप उपचारको लागि धरान लगिँदैछ । उनको पेटमा चोट लागेको छ । गएराति खाना खाएर सबै जना सुतेको र सल्याङ बल्याङ आवाज आएपछि आफू ब्युँझिदा परिवार नै मिलेर आफ्नो हत्या गर्ने प्रयास भएको आरोपीले प्रहरीलाई बताएका छन् । उनले भनेका छन्, ‘सबै जना सुतिरहेका थियौँ सल्याङबल्याङ आवाज आएपछि उठेर हेर्दा सासूले मलाई पेटमा छुरा प्रहार गर्नु भो, त्यही छुरा खोसेर मैले प्रहार गरेँ ।’
भोजपुर नपा–२ हेलौंछाबाट उनी ६ दिनअघि ससुराली गएका थिए । पत्नी मनिषालाई सासूले डेढ महिनाअघि लिएर गएकी थिइन् । पारिवारिक विषयमा उनीहरूका बिचमा मनमुटाव हुँदा विवादले हत्याको रूप लिएको हुनसक्ने प्रहरीको आकलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण