अपराध
भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
आइतबार, २२ असार २०८२, ०८ : ०३
सारांश
- भोजपुरमा एकै परिवारका चार जनाको हत्या भएको छ, जसमा सासु, ससुरा, श्रीमती र सालोको हत्या भएको छ।
- राजेन्द्र राईले धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकार गर्दै प्रहरीलाई खबर गरेका थिए।
- प्रहरीले घटनास्थलमा पुगेर शव फेला पारेको र अभियुक्त राजेन्द्र राईलाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ । भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका २ का राजेन्द्र राईले (रामप्रसाद राई)ले चार जनाको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्यापछि राई आफैँले गएराति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेका थिए ।
लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो ।
अभियुक्त राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको पनि पेटमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पसँग भेटवार्ता गर्न इजरायली प्रधानमन्त्री अमेरिका प्रस्थान
-
नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार
-
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित
-
‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ !’
-
सलमान खानलाई राहत, हट्ने भयो ‘काला हिरण’को टिजर
-
जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दाजुभाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण