शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

विष्णुमती र धोबी खोलाको जल सतह बढ्दो, सतर्क रहन विभागको आग्रह

आइतबार, २२ असार २०८२, २२ : २४
आइतबार, २२ असार २०८२

सारांश

  • जल तथा मौसम विज्ञान विभागले काठमाडौँका विष्णुमती र धोबी खोलामा जल सतह बढ्दो क्रममा रहेको जनाएको छ।
  • विभागले गोङ्गबुस्थित जल मापन केन्द्रमा जल सतह सतर्कता तह नजिक पुगेको जनाएको छ।
  • नदी आसपासका बासिन्दा र किनार भएर यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन विभागको आग्रह छ।

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले विष्णुमती र धोबी खोलामा जल सतह बढ्दो क्रममा रहेको जानकारी दिएको छ।

विभागले आइतबार राति ९ः३५ बजे एक सूचना जारी गर्दै गोङ्गबुस्थित विष्णुमती नदी तथा धोबी खोला जल मापन केन्द्रमा हालको जल सतह सतर्कता तह नजिक पुगेको जनाएको हो।

नदीमा पानीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी आसपास बसोबास गर्ने नागरिक तथा नदी किनार भएर यात्रा गर्नेहरूलाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेकाे छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप