बैंकहरूलाई अग्राधिकार सेयर बिक्री गर्ने बाटो खुल्यो
सारांश
- नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई अभिमोच्य तथा असञ्चित अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको छ।
- यसअघि बैंकहरू डिबेञ्चर मात्र जारी गर्न सक्ने अवस्थामा थिए, जसले प्राथमिक पुँजीकोषलाई कमजोर बनाएको थियो।
- निर्देशिका अनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र यस्तो सेयर जारी गर्न बोर्डमा आवेदन दिन सक्नेछन्।
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले अभिमोच्य तथा असञ्चित अग्राधिकार सेयर जारी गर्न पाउने भएका छन् । नेपाल धिताेपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (नवौँ संशोधन) निर्देशिका २०८२ मार्फत यस्तो व्यवस्था गरेको हो ।
यसअघि बैंकहरूलाई डिबेञ्चर जारी गर्ने बाटो मात्रै खुला थियो । त्यसले सहायक पुँजीकोषको काम गर्ने भए पनि बैंकहरू प्राथमिक पुँजीकोषमा कमजोर रहँदै आएका थिए । यसलाई समाधान गर्न बैंकहरूलाई हकप्रद सेयर वा एफपीओ जारी गर्नुपर्ने अवस्था थियो ।
यहाँ अभिमोच्य सेयर भन्नाले एक पटक जारी गरिएको शेयर डिबेञ्चरजस्तो फिर्ता नभई शेयरजस्तै फिर्ता नहुने खालको समाचारलाई जनाउँछ । त्यस्तै, असञ्चित असञ्चिति सेयर भन्नाले कुनै वर्ष बैंकले लाभांश दिन नसक्ने अवस्था भएमा अर्को वर्ष जोडेर दिनु नपर्ने अवस्थालाई जनाउँछ ।
निर्देशिकामा नेपाल राष्ट्र बैंकबाट अविमोच्य असंचिति अग्राधिकार सेयर निष्कासनका लागि स्वीकृति पाएको बैंक तथा वित्तीय संस्थाले मात्र यस्तो सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन सक्नेछ जनाइएको छ । यसको मूल्य १०० रुपैयाँ कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण