सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै

सोमबार, २३ असार २०८२, २० : ००
सोमबार, २३ असार २०८२

काठमाडौँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठुलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग हुने भएको छ ।

सोमबार काठमाडौँको एभरेस्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा  एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिताको बारेमा जानकारी दिए । 

प्रतियोगिता असोज १५ गते देखि असोज २४  गते सम्म काठमाडौँको तल्लो मुलपानी मैदानमा हुनेछ। प्रतियोगितामा सात टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा कुल २४ खेल हुनेछ ।  प्रतियोगितामा सिङ्गल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । 

प्रतियोगितामा सहभागिताको लागि टिम खरिद गर्नु पर्ने र खेलाडीको अक्सन हुनेछ।प्रतियोगिताको विजेता टोलिले २१लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उप –विजेता टोलिले ११लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतियोगिताका अध्यक्ष ज्ञानु सिंहले यो लिगले उदीयमान प्रतिभाको लागि बलियो र समावेशी प्लेटफर्म निर्माण गरेर ग्रासरुट क्रिकेटलाई विकाश गर्ने बताए ।

प्रतियोगिताले नेपालमा क्रिकेट खेलको विकाशमा अझ टेवा पुग्ने उद्देश्य राखेको छ । स्ट्रीटदेखि स्टेडियमसम्म’ भन्ने नाराका साथ एनएसपीएलले देशभरका उदीयमान क्रिकेटरहरूलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन प्लेटफर्म दिने उद्देश्य राखेको छ ।

त्यसैगरी एनएसपीएलले  चर्चित अभिनेता निखिल उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडर को रूपमा घोषणा गरेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप