हंसराज हुलासचन्दले ल्यायो एक्स्ट्रा डिउरेबल युरोग्रिप टायर
काठमाडौं । नेपालीे टायर बजारलाई लक्षित गरी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले युरोग्रिप टायर नेपाली बजारमा ल्याएको छ । हंसराज हुलासचन्द बजाज दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीहरुको लागि नेपालको आधिकारिक बिक्रेता पनि रहेको छ ।
टायरको सम्पूर्ण रेन्जको साथ, युरोग्रिप टायर बजाजको दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीको ओरिजिनल फिटमेन्ट को लागि सबै भन्दा ठूलो सप्लायर पनि रहेको छ । एक्स्ट्रा डिउरेबल टायर भनिएको युरोग्रिप टायरले लामो अवधिसम्म चल्ने कम्पनीको दावी छ ।
युरोग्रिप टायरको उत्पादनमा प्रयोग गरिएको प्रविधि र डिजाइनले यसलाई नेपाली भुगोल सुहाउँदो बनाएको पनि कम्पनीले बताएको छ । हंसराजका डाइरेक्टर अभिमन्यु गोल्छाले नेपालको भूगोललाई लक्षित गरेर उपभोक्तालाई सुरक्षिक यात्रा प्रदान गर्ने उद्देश्यले युरोग्रिप टायर ल्याएको बताए ।
युरोग्रिप टायर नेपाल भरीका बजाज डिलरसिप र आधिकारिक सर्भिस सेन्टरहरुमा उपलब्ध हुने छ । साथै अरु आधिकारिक मल्टी ब्राण्ड आउटलेटहरुमा पनी उपलब्ध हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
-
'यदुवंशीनगर' विवादमा अन्तरिम आदेश अस्वीकार, सर्वोच्चले मुद्दालाई दियो अग्राधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण