लोमान्थाङ क्षेत्रमा नदीको बहाव वृद्धि, कालीगण्डकी आसपास सतर्कता अपनाउन आग्रह
मङ्गलबार, २४ असार २०८२, १९ : ५८
काठमाडौँ । मुस्ताङको लोमान्थाङ क्षेत्रमा पछिल्लो समय नदीको बहाव तीव्र रूपमा बढेको छ । उक्त नदीमा पानीको सतह बढेसँगै कालीगण्डकी नदीमा समेत पानीको सतह बढ्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी गुरुदत्त बरालद्धाले सूचना जारी गर्दै नदी आसपासका बस्तीहरूमा बसोबास गर्दै आएका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।
साथै, आगामी दिनमा निरन्तर वर्षा हुने सम्भावना रहेकाले अन्य नदी तथा खोलाहरूमा समेत पानीको सतह बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई थप सावधानी अपनाउन अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदलाई कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साँट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण