शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कला

चित्रकलामा खुलेको थारु संस्कृति र जनजीवन

बुधबार, २५ असार २०८२, १२ : ०२
बुधबार, २५ असार २०८२

सारांश

  • कलाकार मनु कुमार चौधरीको कला प्रदर्शनी काठमाडौंको बौद्धस्थित तारागाउँ नेक्स्टमा सुरु भएको छ।
  • प्रदर्शनीमा थारु समुदायको दैनिक जीवन, रीतिरिवाज, संस्कृति र पुर्खाको कथा चित्रण गरिएको छ।
  • चौधरीले थारु समुदायको पहिचान र युवापुस्तालाई आफ्नो जरा सम्झन प्रेरित गर्न खोजेका छन्।

काठमाडौँ । काठमाडौँको बौद्धस्थित तारागाउँ नेक्स्टमा कलाकार मनुकुमार चौधरीले तयार पारेको कला प्रदर्शनी चलिरहेको छ । चौधरीका चित्रले थारु समुदायका मानिसको दैनिक जीवन, रीतिरिवाज तथा संस्कृतिलाई झल्काएका छन् ।

Tharu art exhibition (1)

प्रदर्शनीले थारु समुदायको जीवनशैली र परम्पराको कथा भनेको छ। थारु समुदायको प्राचीन वंश कसरी भारतको थार मरुभूमिदेखि नेपाल र एसियाभर फैलियो भन्ने चित्रण उनका कलामा भएको छ । आफ्ना कलामा चौधरीले पुर्खाको स्मृति र समुदायको पहिचान पनि झल्काएका छन् ।

Tharu art exhibition (2)

ग्यालरीमा चौधरीले खुला आकाशमुनि प्राचीन तरिकाले कृषि कर्म गरिरहेका दृश्य, थारु महिलाको शान्त र निर्णायक भूमिका, पुस्तान्तरण हुँदै आएका लोपोन्मुख कर्म आदि देखाएका छन् ।

Tharu art exhibition (3)

उनका कलाले थारु परम्परा र समुदायले सम्मान गर्ने देवतालाई झल्काउँछन् । उनी भन्छन्, "म आफैँ थारु समुदायबाट हुँ। म त्यही जीवन बाँचेको मान्छे हुँ। अहिलेका धेरै युवाहरूले थारु संस्कृतिको महत्त्व बिर्सँदै गएका छन्। म चाहन्छु मेरो कला हेरेर थारुहरू आफ्नै जरा सम्झुन्।”

Tharu art exhibition (5)

सन् २०२१ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट प्रदेश स्तरीय उत्कृष्ट कला पुरस्कार प्राप्त गरिसकेका चौधरीले नेपाल र बंगलादेशका विभिन्न प्रदर्शनीहरूमा भाग लिइसकेका छन्।

प्रदर्शनीमा कुल ३० वटा कलाकृतिहरू राखिएका छन् । प्रदर्शनी असार २८ गतेसम्म चल्नेछ ।

Tharu art exhibition (6)Tharu art exhibition (7)Tharu art exhibition (8)Tharu art exhibition (9)Tharu art exhibition (10)Tharu art exhibition (11)Tharu art exhibition (12)Tharu art exhibition (13)Tharu art exhibition (14)Tharu art exhibition (15)Tharu art exhibition (16)

तस्बिरहरू : ममुन के.सी. / नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप