उद्धार
रसुवा बाढी अपडेट : ३४ फ्लाइटबाट १३६ जनाको उद्धार, १५० को स्कर्टिङ
बुधबार, २५ असार २०८२, १५ : ३०
रसुवा । रसुवामा आएको बाढीको कारणले अलपत्र परेका र जोखिममा रहेका नागरिकहरूको स्थानीय प्रशासनले उद्धार गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार विपद्मा परेको १३६ जनालाई हेलिकप्टरको ३४ फ्लाइट मार्फत उद्धार गरिएको छ ।
‘अधिकांश विदेशीहरू हुनुहुन्छ, उहाँहरूलाई हामीले त्यहाँ टिमुरे एरियाबाट काठमाडौँको प्राइभेट हेलिसँग समन्वय गरेर रेस्क्यु गर्यौँ,’ प्रजिअ पौडेलले भने ।
उनले आज बिहानदेखि तीन वटै सुरक्षा निकायको संयोजनमा बाढीले फसेका मान्छेहरू, करिब १५० भन्दा बढीलाई रेस्क्यु गरेको बताए ।
‘हाम्रो सुरक्षाकर्मीले बाटो बनाउँदै, त्यसपछि उनीहरूलाई रेस्क्यु गरी स्कर्टिङ गर्दै सुरक्षित स्थानमा लगेका छौँ,’ पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ कसुर मुद्दामा १ करोड ४३ लाख बिगो भएका आरोपी पक्राउ
-
रास्वपा महाधिवेशन प्रतिनिधि धर्नामा, तस्बिरहरू
-
व्यवसायीको नाम सार्वजनिक गरिएको भन्दै औषधि व्यवसायी सङ्घ काठमाडौँको आपत्ति
-
रोजगार सेवा केन्द्रलाई रूपान्तरण गरिने, सरकारले ल्यायो नयाँ कार्यविधि
-
प्रयाङ्कको नाममा दुर्व्यवहार गर्ने दुई जना पक्राउ
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण