कैलालीमा गोदावरी नदीको टापुमा फसेका ६ जनाको उद्धार
सारांश
- कैलालीको गोदावरी नदीको टापुमा फसेका ६ जनाको सफल उद्धार गरिएको छ।
- श्राद्धका लागि गएका उनीहरु मुसलधारे वर्षाका कारण बुधबार टापुमा फसेका थिए।
- नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार गरेको हो।
धनगढी । कैलालीमा गोदावरी नदीको टापुमा फसेका ६ जनाको सफल उद्धार भएको छ । बुधबार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीको बिच टापुमा श्राद्ध कार्यका लागि गएका ६ जना मुसलधारे वर्षाका कारण फसेका थिए । उनीहरूलाई कैलाली प्रहरीले समयमै उद्धार गर्दै ठुलो दुर्घटनाबाट जोगाएको हो ।
आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार गरेको हो । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा, सशस्त्र प्रहरी बल–३४ गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्रराज रञ्जित र राष्ट्रिय अनुसन्धान कार्यालय कैलालीका उपअनुसन्धान निर्देशक महेशबहादुर बोहराले उद्धार कार्यको अनुगमन तथा निर्देशन दिएका थिए ।

उद्धार गरिएकाहरूमा शुक्लाफाँटा नगरपालिका ०६, कञ्चनपुरका ६५ वर्षका पल्लु सार्की, गोदावरी ४ का ६५ वर्षीय भागेश्वभरी सार्की, १२ वर्षका योगेश सार्की, ३५ वर्षका बिकट सार्की, ३५ वर्षका वीर सार्की रहेका छन्। यस्तै बेदकोट नगरपालिका कञ्चनपुरका २८ वर्षका अब्दुल सार्की रहेका छन् ।
उद्धारपछि उनीहरूलाई प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण