शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

मितेरी पुल र सडक चीनलाई बनाइदिन आग्रह गरिने

बुधबार, २५ असार २०८२, १७ : १४
बुधबार, २५ असार २०८२

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान आएको आकस्मिक बाढीको कारण क्षति भएको मितेरी पुल र सडक चीनलाई बनाउन आग्रह गर्ने निर्णय गरेको छ ।  

नेपाल–चीन जोड्ने मितेरी पुल बगाई आवागमन बन्द भएकाले पुल र सडक पुनर्निर्माण गरी रसुवागढी नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने  १४ औँ बैठकले निर्णय गरेको हो  । 

प्राधिकरणले बैठकले सडक पूर्वाधार, भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ । 

प्राधिकरणले व्यवसायीका कन्टेनर, सवारी साधन र अन्य सामग्रीहरूको क्षतिको बीमालगायतका अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउने भएको छ ।  

प्राधिकरणका अनुसार कुल १६ किलोमिटर सडकमा पूर्ण क्षति भएको छ ।  प्राधिकरणले अर्को बैठकमा सबै मन्त्रालयबाट रिपाेर्ट मगाएर थप निर्णय गर्ने  प्राधिकरणका सिइओ दिनेश प्रसाद भट्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप