गोदावरी खोलामा फसेका ६ जनाको सकुशल उद्धार
बुधबार, २५ असार २०८२, १७ : ५३
कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित गोदावरी खोलामा फसेका ६ जनाको सशस्त्र प्रहरी टोलीले बुधबार सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएकाहरूमा कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–६ र १० बस्ने ६५ वर्षीय कल्लु सार्की, ६५ वर्षिया बिना सार्की र १२ वर्षीय योगेश सार्की, २५ वर्षीय दिपक सार्की तथा सोही जिल्लाको बेदकोट नगरपालिकाका ३५ वर्षीय बिर सार्की र २२ वर्षीय अर्जुन सार्की छन् ।
उनीहरू सोही ठाउँस्थित गोदावरी खोलामा आज दिउँसो श्राद्ध गर्न गएको वेला खोलामा पानीको बहाव बढेपछि फसेका थिए ।
सो लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बाहिनी मुख्यालय अत्तरिया कैलाली, नंं ३४ गण र नं. ४३ रिजर्भ गणबाट खटिएको सुरक्षा फौजले अन्य सुरक्षा निकायको सहयोगमा उनीहरूको सकुशल उद्धार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण