लालपुर्जा वितरणको कामलाई तीव्रताका साथ अघि बढाएका छाैँ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रताका साथ अघि बढाइएकाे बताएका छन् ।
भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा बिहीबार बाँकेको कोहलपुरमा आयोजित अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।
उनले सङ्घीय सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको हातमा जग्गाको लालपुर्जा पुर्याउने योजनाका साथ काम अघि बढाएको चर्चा गर्दै सोही योजनालाई साथ दिँदै प्रदेश सरकारले पनि काम गरिरहेको बताए ।
मुख्यमन्त्री आचार्यले बर्षौंदेखि भूमि अधिकारबाट बञ्चित भएका नागरिकहरूको अधिकार पुनर्स्थापनाका लागि सरकार निरन्तर क्रियाशील रहेको समेत बताए । उनले अव्यवस्थित बसोवासीहरूले उठाएका समस्याहरू समाधान गर्न आफूहरूले सङ्घीय सरकारसँग समन्वय गरिरहेको समेत बताए ।
आज कोहलपुर नगरपालिका वडा नम्बर १ का एक सय २२ जना अव्यवस्थित बसोवासीलाई मुख्यमन्त्री आचार्यले जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण