राप्रपा छाडेका गुप्ताले रुपन्देही– ३ उपनिर्वाचनमा उम्मेदवारी दिने
बुटवल । आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा अजय कुमार गुप्ताले उम्मेदवारी दिने घोषणा गरेका छन् । भैरहवाका अजय कुमार गुप्ताले बिहीबार पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
गत वैशाख ३० गते राप्रपाको जिल्ला उपसभापति पदबाट राजीनामा दिएका गुप्ताले चुनाव लड्ने बताएका हुन् । अबको नेतृत्व रैथाने युवाको हुनुपर्ने नाराका साथ आफू चुनाव लड्न लागेको उनले बताए ।
विगतमा निर्वाचित जनप्रतिनिधिहरूले जनतामाझ गरेका वाचा काठमाडौँ पुगेपछि बिर्सिने गरेको बताउँदै राजनीतिक नेतृत्वले ध्यान नदिएका कारण अरबौँ लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको बताए ।
उनले पर्यटन, कृषि, उद्योग, शिक्षा, रोजगार, क्षेत्र विस्तार आफ्नो प्रमुख एजेन्डा रहेको समेत बताए । उनले गुणस्तरीय शिक्षाका लागि पालिका स्तरदेखि समाधानको पहल, जिल्लामा उत्पादित सम्पूर्ण सामग्रीलाई विश्व बजारसम्म जोड्नका लागि सुरुवात गरी रोजगारीमा बढोत्तरी, अन्तर्राष्ट्रिय रूपमै परिचित सिद्धार्थनगर नगरपालिकाको क्षेत्र विस्तार गरी उपमहानगर बनाउने पहल गर्ने आफ्नो एजेन्डा रहेको बताए ।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको होे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण