३० हजार फिटमाथि उडिरहेको विमानमा एयरहोस्टेस मुटु चस्किएर ढलेपछि...
सारांश
- ३० हजार फिटमाथि उडिरहेको विमानमा एयरहोस्टेसलाई मुटु चस्किएपछि पाइलटले आपतकालीन अवतरणको तयारी गरेका थिए।
- एकजना यात्री, डाक्टर पुनीत रिजवानीले एयरहोस्टेसको उपचार गरेर विमानलाई आपतकालीन अवतरणबाट बचाए।
- डा. रिजवानीले बिना कुनै औषधि 'क्यारोटिड साइनस मसाज' गरेर एयरहोस्टेसको उपचार गरे, जसले गर्दा उनको स्वास्थ्यमा सुधार आयो।
नयाँ दिल्ली । ३० हजार फिटमाथि उडिरहेको एउटा विमानमा एयरहोस्टेस नै मुटु चस्किएर ढलेपछि पाइलट इमर्जेन्सी ल्यान्डिङको तयारी गरिरहेका थिए । यसबिचमा विमानमै सवार एक यात्रीले ‘देवदूत’ बनेर एयरहोस्टेसको उपचार गर्नुका साथै विमानलाई इमर्जेन्सी ल्यान्डिङ गर्नुपर्ने अवस्थाबाट पनि मुक्त तुल्याएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना बुधबारको हो । अस्ट्रियाबाट भारत आउँदै गरेको विमानमा यस्तो समस्या भएको बताइएको छ । भियनाबाट उडान भरेको विमान मध्य एसियातिर आइपुगेपछि २५ वर्षीय एयरहोस्टेसलाई अचानक श्वास लिन गाह्रो भयो । मुटु चस्किएर छट्पटाउन थालेपछि विमानको चालक दलले ‘मेडिकल इमर्जेन्सी’ घोषणा गरेका थिए ।

यत्तिकैमा सोही विमानमा यात्रारत चिकित्सक पुनीत रिझवानीले एयरहोस्टेसको उपचारका लागि तत्परता देखाए । उनले कुनै औषधि र उपकरणविना नै ‘क्यारोटिड साइनस मसाज’ मार्फत उपचार अघि बढाए । बिस्तारै एयरहोस्टेसको अवस्था सामान्य भएको बताइएको छ ।
डा. रिझवानीका अनुसार ती एयरहोस्टेसलाई ‘सुप्राभेन्ट्रिकुलर टेकीकार्डिया अट्याक’ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
-
गैरकानुनी व्यापार व्यवसाय गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी
-
कर्णालीमा सत्ता संकटः कांग्रेस–एमाले गठबन्धनमा कसबाट भयो धोखाधडी ?
-
कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण