आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : चेक बाउन्सको निवेदन दिएको ५ दिनमै कालोसूचीमा, केपी–विद्याबारे प्रचण्डको समान निष्कर्ष

बिहीबार, २६ असार २०८२, २२ : ००
बिहीबार, २६ असार २०८२

काठमाडौँ । आज मिति २०८२ साल असार महिनाको २६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१० बजे १० समाचार’ लिएर उपस्थित भएका छौँ–

१. राष्ट्र बैंकको कार्यविधि

नेपाल राष्ट्र बैंकले चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि–२०८२ जारी गरेको छ । राष्ट्र बैंकले बिहीवार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै उक्त व्यवस्था सहित कार्यविधि जारी गरेको हो ।

कार्यविधि अनुसार अब चेक अनादरको लागि निवेदन प्राप्त भएको ५ कार्यदिभित्र बैंकले कर्जा सूचना केन्द्रलाई पठाउनुपर्ने भएको छ ।राष्ट्र बैंकको संशोधित निर्देशनमा भनिएको छ,‘अनादर प्रमाणित भएको चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था तथा निजसँग सम्बन्धित पक्षहरुलाई कालोसूचीमा राख्न निवेदन प्राप्त भएको ५ कार्यदिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले कर्जा सूचना केन्द्रलाई लेखि पठाउनु पर्नेछ ।’

२. काठमाडौँ महानगर

प्रत्येक महिना हुँदै आएको काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक लामो समयपछि शुक्रबार २ बजे बस्ने भएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सचिवालय निमित्त प्रमुख शान्ता पहाडी हस्ताक्षरित पत्रमा कार्यपालिका सदस्यहरूलाई सम्बोधन गर्दै काठमाडौं प्लाजास्थित कार्यपालिका हलमा उपस्थित हुन भनिएको छ ।

३. माओवादी बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको माओवादीप्रति हेर्ने दृष्टिकोण एउटै भएको निष्कर्ष निकालेका छन् ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा भण्डारी सक्रिय राजनीतिमा फर्किएको सम्बन्धमा ब्रिफिङका क्रममा प्रचण्डले यस्तो निष्कर्ष निकालेका हुन् । पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु एमालेको आन्तरिक विषय भएकाले अहिले नै हतारिएर धारणा बनाउन नहुने प्रचण्डले बताएका उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

४. प्रदेश बजेट कार्यान्वयन

चालू आर्थिक वर्षको बजेट कार्यान्वयनबारे रातोपाटीले प्रदेशहरुको रिपोर्टिङ गरेको छ । प्राविधिक कारणवश सुदूरपश्चिमको अवस्था भने प्राप्त हुन बाँकी छ ।

५. सहमतिमा सुनचाँदी व्यवसायी

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति भएको छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आफूह?को आन्दोलन स्थगित भएको सुनचाँदी व्यवसायी नरेन्द्र गुप्ताले रातोपाटीलाई बताए ।

६. आलम प्रकरण

नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ ।

७. कांग्रेसको निर्णय

नेपाली कांग्रेसले  पार्टी हितविरुद्ध काम नगर्न २६ जना नेता कार्यकर्तालाई सचेत गराएको छ । कांग्रेस अनुशासन अनुशासन समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै कैलालीमा २ जना, डोल्पामा १० जना, सल्यानमा ११ जना, दैलेखमा १ जना, खोटाङ्गमा १ जना र धनुषामा १ जना समेत गरी जम्मा २६ जना पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराउने निर्णय भएको जानकारी गराएको हो ।

८. अर्थ समिति

अर्थ समितिमा नयाँ स्टक एक्सचेन्जका बारेमा छलफल भएको छ । बिहीबारको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले स्टक एक्सचेन्जका बारेमा आफूले अर्थ समितिबाट दिएको पहिलेको निर्देशनमा फरक मत राखेको बताए ।

९. भुक्तानी

सरकारी खाता रोक्का हुने अन्तिम दिन असार २५ गते सरकारले बजेट प्रणालीबाट करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन बजेटमध्ये २५ असारमा एकै दिन २१ अर्ब ७३ करोड रुपैयाँ सरकारले खर्च गरेको हो ।

१०. स्वास्थ्य सुविधा

सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जटिल खालका आठ वटा रोगको उपचार गर्न थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मिर्गौला, मुट, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकल शेल एनिमिया रोगीले एक लाख थपेर दुई लाख रुपैयाँको  निःशुल्क स्वास्थ्य सेवा पाउने भएका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप