पार्टी हितविरुद्ध काम नगर्न २६ जना नेता कार्यकर्तालाई कांग्रेसले सचेत गरायो
सारांश
- नेपाली कांग्रेसले पार्टी हितविरुद्ध काम गर्ने २६ जना नेता तथा कार्यकर्तालाई सचेत गराएको छ।
- अनुशासन समितिले कैलाली, डोल्पा, सल्यान, दैलेख, खोटाङ्ग र धनुषाका नेता कार्यकर्तालाई सचेत गराएको हो।
- पार्टी हितविरुद्ध काम गरेको आरोपमा उनीहरूलाई सचेत गराइएको कांग्रेसले जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी हितविरुद्ध काम नगर्न २६ जना नेता कार्यकर्तालाई सचेत गराएको छ । कांग्रेस अनुशासन अनुशासन समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै कैलालीमा २ जना, डोल्पामा १० जना, सल्यानमा ११ जना, दैलेखमा १ जना, खोटाङ्गमा १ जना र धनुषामा १ जना समेत गरी जम्मा २६ जना पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराउने निर्णय भएको जानकारी गराएको हो ।
समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले प्राप्त अन्य अनुशासन कारबाही सम्बन्धित उजुरीहरू छानबिन कै क्रममा रहेको बताए । यसका साथै २०७९ मा सम्पन्न तीनै तहको निर्वाचनमा पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारका विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारका प्रस्तावक तथा समर्थक स्वतः निष्कासनमा परेका थिए ।
तर उनीहरूले तोकिएको प्रक्रिया पुर्याई आफूहरू उपर हुने कारबाही फुकुवाको लागि पुनरावेदन दिएको ढुंगानाले बताए । उनले कोशी प्रदेशबाट १७ जना, मधेस प्रदेशबाट २३ जना, बागमती प्रदेशबाट ४ जना, गण्डकी प्रदेशबाट ३ जना, लुम्बिनी प्रदेशबाट ३६ जना, कर्णाली प्रदेशबाट ४ जना र सुदूरपश्चिम प्रदेशबाट १ जना समेत गरी जम्मा ८८ जनाको त्यस्ता निवेदनहरू प्राप्त भएको बताए ।
ती निवेदनहरू आवश्यक निर्णयका लागि केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको उनको भनाइ छ । बुधवार मात्रै कांग्रेसले चुनावमा अन्तर्घात गर्ने २३ जनालाई कारबाहीको निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण