कारबाही फुकुवाका लागि कांग्रेस अनुशासन समितिमा ८८ जनाको निवेदन
सारांश
- नेपाली कांग्रेसको अनुशासन समितिमा कारबाही फुकुवाका लागि ८८ जनाले पुनरावेदन दिएका छन्।
- पार्टीको निर्वाचनमा बागी उम्मेदवार बनेका र तिनका समर्थकलाई निष्कासन गरिएको थियो।
- पुनरावेदन दिनेहरूले कारबाही फुकुवा गर्न माग गर्दै विधानअनुसार प्रक्रिया पुर्याएको बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिमा कारबाही फुकुवाका लागि ८८ जनाले पुनरावेदन दिएका छन् । पार्टी अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार, २०७९ मा सम्पन्न संघीय, प्रदेश तथा स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक–समर्थकलाई पार्टीले स्वतः निष्कासन गरेको थियो।
ढुंगानाले तीमध्ये धेरैले पार्टीको विधानमा तोकिएको प्रक्रिया पुर्याउँदै आफूहरूमाथि भएको कारबाही फुकुवा गरियोस् भन्ने माग गर्दै पुनरावेदन दिएको जानकारी दिए। उनका अनुसार प्रदेशगत रूपमा कोशीबाट १७ जना, मधेसबाट २३ जना, बागमतीबाट ४ जना, गण्डकीबाट ३ जना, लुम्बिनीबाट ३६ जना, कर्णालीबाट ४ जना र सुदूरपश्चिमबाट १ जना गरी जम्मा ८८ जनाको निवेदन प्राप्त भएको छ।
‘प्राप्त उजुरी तथा पुनरावेदनहरूको अध्ययन भइरहेको छ,’ ढुंगानाले बिहीबार भने, ‘अहिले समितिले छानबिन गरिरहेको छ। आवश्यक निर्णयका लागि ती निवेदन केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएका छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण