अनुशासन समितिको निर्णयबारे छलफल गर्न विशालनगरमा कांग्रेस इतर समूहको बैठक
सारांश
- नेपाली कांग्रेसको इतर समूहको बैठक नेता शेखर कोइरालाको सचिवालयमा बसिरहेको छ।
- बैठकमा पार्टीको अनुशासन समितिले गरेको कारबाहीबारे समूहको धारणा बनाइने छ।
- संस्थापन पक्षले बहुमतको आधारमा आफ्ना नेतालाई मात्र कारबाही गरेको भन्दै इतर समूह असन्तुष्ट छ।
काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहको बैठक अहिले नेता शेखर कोइरालाको सचिवालयमा बसिरहेको छ। उत्तर समूहका नेता कोइरालाको विशालनगर स्थित सचिवालयमा बसिरहेको बैठकमा पार्टीको अनुशासन समितिले बुधबार गरेको अनुशासनको कारबाही बारे समूहको धारणा बनाउने छ ।
बैठकमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार नेताहरु बलबहादुर केसी सञ्जय गौतम र मन्त्रीहरू सहभागी रहेको कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिए।
कांग्रेसको अनुशासन समितिले बुधबार लुम्बिनी प्रदेशका पार्टी महामन्त्री विक्रम खनाल पूर्वमन्त्री कुमार खड्का सहितका २३ जनालाई अनुशासनको कारबाही गरेको थियो। संस्थापन पक्षले बहुमतको आधारमा आफ्नो समूहका नेतालाई मात्रै कारबाही गरेको भन्दै इतर समूह असन्तुष्ट छ।
अनुशासन समितिमा संस्थापन पक्षका संयोजक आनन्द ढुङ्गाना सहित तीनजना र इतर समूहका दुई जना छन्। कारबाही गरिएका २३ जना महा अधिकांश इतर समूहका नेता छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण