युवा क्रिकेटर रावललाई १ लाख रुपैयाँ सहयोग गर्ने रुप्से होलिडेको घोषणा
काठमाडौँ । रुप्से होलिडेले युवा क्रिकेटर सुशील रावललाई १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
रुप्से होलिडेका सञ्चालक रमेश पराजुलीले रावलको अपिलबारे थाहा पाएसँगै कम्पनीले उनलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको रातोपाटीलाई बताए । उनले रातोपाटीबाटै उनको अवस्थाबारे जानकारी पाएको भन्दै त्यसलगत्तै कम्पनीले निर्णय लिएको बताए ।
नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दसँग छलफल गरेर १ लाख रूपैयाँ आर्थिक केही दिनमै हस्तान्तरण गरिने उनको भनाइ छ ।
शुक्रबार बिहान युवा क्रिकेटर रावलले आफूलाई आर्थिक सहयोगको आवश्यकता परेको बताएका थिए । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै स्वागत र सम्मानमा आफूलाई प्रमाणपत्र र माला नभई आर्थिक सहयोग चाहिएको बताएका िथए ।
हालैमात्रै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनले भनेका थिए, ‘अहिले मलाई सम्मानको रूपमा खादा र प्रमाण पत्र भन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी परेको छ ।
२/३ महिनामा यू–१९ नेशनल टीमका लागि छनोट हुँदै छ । त्यसका लागि तालिम गर्न भारत जानुपर्ने भएको छ । करिब १ लाख खर्च लाग्दै छ । आर्थिक अवस्था कमजोर छ भनेर भन्दा मलाई गाह्रो छैन । त्यही भएर मलाई सम्मानको खादा माला र प्रमाण पत्र भन्दा आर्थिक कुरालाई महत्त्व दिई दिनुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण