महाभिनिष्क्रमण दिवस मनाइयो
बुटवल । प्राचीन कपिलवस्तुको राजधानी सहर तिलौराकोट दरबारबाट सिद्धार्थ गौतमले ज्ञानको खोजीका लागि राजसी सुख सयल त्याग गरेको दिनको स्मरणमा बिहीबार मध्यरातमा महाभिनिष्क्रमण दिवस मनाइएको छ ।
२६२० वर्षअघिको घटनालाई स्मरण गर्दै राजा शुद्धोधनका छोरा युवराज सिद्धार्थले दरबारको सुख, सुविधा त्याग गरी ज्ञानको खोजीका लागि सेतो घोडा चढेर तिलौराकोटको पूर्वी गेटबाट बाहिरिएको घटनालाई चित्रण गरी दिवस मनाइएको हो ।
लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिका र कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहकार्यमा बुद्ध सर्किट डटकम नेपाल र गच्छामी मिडिया ग्रुपद्वारा तिलौराकोट परिसरमा आयोजित दिवसमा महाभिनिष्क्रमणलाई उत्सवका रूपमा प्रत्येक वर्ष मनाउनुपर्नेमा जोड दिइएको थियो ।
रातिको १२ बजे घोडा चढ्ने गरिन्छ । सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरेपछि महात्मा बुद्धका नामले प्रख्यात भएका थिए । लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्य र किरणमान ब्रज्रचार्यलाई साङ्केतिक रूपमा राजकुमार सिद्धार्थको रूपमा घोडामा चढाएर राजप्रसादको पूर्वी ढोकाबाट ज्ञानको खोजीमा हिँडेको दृश्य चित्रण गराइएको थियो ।
कार्यक्रममा बोल्दै कोषका सदस्य सचिव शाक्यले प्राचीन कपिलवस्तु (तिलौराकोट दरबार) बुद्धकालीन गृहत्यागको दृश्यले आध्यात्मिक पर्यटनको विकास गराउने बताए ।
उनले आजभन्दा २ हजार ६ सय २० वर्षअघि युवराज सिद्धार्थले गृह त्याग गरेको दिनमा त्यही दृश्यलाई स्मरण गर्दा शान्ति, सद्भाव र करुणाको ऊर्जा पैदा भएको बताए ।
यस्तै लुम्बिनी विकास कोषका सद्भावना दूत तथा महाभिनिष्क्रमण (गृह त्याग) कार्यक्रमका परिकल्पनाकार विक्रम पाँणेकाजीले विगत ७ वर्ष देखी तिलौराकोटमा निरन्तर रूपमा स्थानीयहरूको सक्रियतामा महाभिनिष्क्रमण दिवस मनाउँदै आएको बताए ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले कपिलवस्तु नगरपालिका सहित बुद्धको जीवनी जोडिएका पाँच पालिकाले बुद्ध परिपथका लागि योजना निर्माण गरी कार्यक्रम अगाडी बढाएको बताए ।
उनले कपिलवस्तु नगरपालिका सहित देवदह नगरपालिकाको सहकार्यमा आगामी आर्थिक वर्षमा सिद्धार्थ गौतमको विवाह उत्सव समेत मनाउन बजेट छुटाएको बताए । यस्तै दिवसका अवसरमा गच्छामी मिडिया ग्रुपका सञ्चालक मनोज पौडेल, कपिलवस्तु वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरे, लुम्बिनी विकास कोष तिलौराकोट कार्यालयका प्रमुख माधव आचार्य, पत्रकार महासङ्घ कपिलवस्तुका कार्यवाहक अध्यक्ष खगप्रसाद चापागाईँले बोल्दै महाभिनिष्क्रमण दिवसले पर्यटन विकासमा महत्त्वपूर्ण टेवा दिएको बताए ।
सन् २०१९ देखि सुरु भएको महाभिनिष्क्रमण दिवसलाई अपनत्व लिने गरी सद्भावना दूत पाँणेकाजीले सदस्य सचिव शाक्यलाई पत्र हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण