खराब मौसमका कारण विमान अवतरणमा समस्या : काठमाडौंको आकाशमा फनफनी प्लेन
सारांश
- खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरणमा समस्या आएको छ।
- दिल्ली, मलेसिया लगायतका अन्तर्राष्ट्रिय उडानहरु अवतरण हुन सकेनन् भने आन्तरिक उडानहरु पनि होल्डमा परे।
- भारी वर्षा र धावनमार्गको अवस्थाका कारण भिजिबिलिटी कम हुँदा उडानहरु होल्डमा राखिएको प्राधिकरणले जनाएको छ।
काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा अवतरणको समस्या भएको छ ।
काठमाडौं आउँदै गरेको अन्र्तराष्ट्रिय तथा राष्ट्रिय एयरलाइन्सहरु अवतरण गर्न नसकेका हुन् । काठमाडौंको त्रिभुवन विमानास्थलमा दिल्लीबाट आएको नेपाल एयरलाइन्स, दिल्लीबाटै आएको भिस्टारा एयरलाइन्स, मलेसियाबाट काठमाडौं आएको वाटिक एयरलाइन्स लगायत अन्तराष्ट्रिय एयरलाइन्सहरु अवतरण हुन नसकेका हुन् ।
यस्तै भद्रपुुरबाट आएको यति एयरलाइन्स आकाशमा ६ भन्दा बढि फन्को मारेको छ । यस्तै नेपालगञ्जबाट काठमाडौंको लागि उडेको बुद्ध एयरको विमान पनि आकाशमा ७ भन्दा बढि फन्को मारेका छन् ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार भारी वर्षाको कारण जहाजहरु ल्याण्डिङ हुन नसकेका हुन् ।
‘यहाँ पानी अलि ह्याभी रेनफल भइराखेको छ । ह्याभी रेनफल भइरहेको छ, त्यसले गर्दा भिजिबिलिटी एकछिन घटेको थियो’ भुलले भने । उनले भिजिबिलिटी कम भएकाले विमानहरूलाई आकाशमै होल्डमा राखिएको बताए ।
विमान होल्डमा राख्नुको अर्को कारण धावनमार्गको अवस्था पनि रहेको उनले बताए। ‘धावनमार्गमा पनि अलिकति स्लिपरी रनवे हुन्छ,’ उनले भने, ‘धावनमार्गमा वाटर लजेजहरू र वाटर प्याचेजहरू, वाटर जम्ने भएकोले गर्दाखेरि एकछिन होल्ड हो ।’
उनले यो विशुद्ध मौसमसँग सम्बन्धित (मेट्रोलोजिकल) कारण भएको र अन्य कुनै समस्या नरहेको पुष्टि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण