विद्यालय पोशाकमै प्रदर्शनमा आएका विद्यार्थीमाथि प्रहरीको हस्तक्षेप
सारांश
- काठमाडौंको माइतीघरमा जनपक्षीय शिक्षा ऐनको माग गर्दै प्रदर्शन भएको थियो।
- प्रहरीले प्रदर्शनकारी विद्यार्थीहरूमाथि हस्तक्षेप गर्दै केहीलाई नियन्त्रणमा लिएको छ।
- विद्यार्थीहरूले निशुल्क, समान र वैज्ञानिक शिक्षाको माग गर्दै नाराबाजी गरेका थिए।
काठमाडौं । जनपक्षीय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ। नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीको आयोजनामा गरिएको सोमबार गरिएको उक्त प्रदर्शनमा विद्यालय पोशाकमै सहभागी भएका विद्यार्थीहरूलाई प्रहरीले रोकेको हो।
निशुल्क, समान र वैज्ञानिक शिक्षाको माग राख्दै उनीहरूले जनपक्षीय शिक्षा ऐन ल्याउन दबाव दिँदै नाराबाजी गरेका थिए। प्रदर्शनकारीले 'निशुल्क शिक्षा प्रणाली लागू गर', 'अध्ययनसँगै रोजगारीको ग्यारेन्टी गर', 'शिक्षा जनताको अधिकार हो' भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा केही स्थानमा झडपको स्थिति आएपछि प्रहरीले हस्तक्षेप गर्दै केही विद्यार्थीलाई नियन्त्रणमा लिएको जनाइएको छ।
प्रदर्शनकारीहरूले शिक्षा पहुँचवालाका लागि मात्र नभई पछि परेका समुदायलाई लक्षित हुनुपर्ने भन्दै सोही अनुरूपको कानून ल्याउन सरकारसँग माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण