संसद् बैठक
एमालेका सांसद साहले प्रतिनिधिसभामा मागे सामान्य प्रशासनमन्त्री गुप्ताको बर्खास्ती
सोमबार, ३० असार २०८२, १४ : ५७
सारांश
- एमाले सांसद किरणकुमार साहले संघीय मामिलामन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न माग गरेका छन्।
- सांसद साहले घुस डिलको अडियो सार्वजनिक हुँदा सरकार मौन बसेको भन्दै प्रश्न उठाए।
- सदनमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले पनि मन्त्री गुप्ताको अडियो छानबिनको माग गरिन्।
काठमाडौँ । नेकपा एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद साहले मन्त्री गुप्तालाई दर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरे ।
साहले गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक हुँदासम्म सरकार किन मौन बसेको छ भन्दै प्रश्न गरे । सरकारले दुनियाँले सुनेको अडियो नसुनेर लोकतन्त्रको अपमान गरेको आरोप साहले लगाए ।
साहले भने, ‘दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु, गुप्ता ज्युलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस् ।’
सदनमा आज अर्को सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पनि मन्त्री गुप्ताको अडियो वास्तविक हो कि होइन, छानबिन गर्न माग गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण