जनपक्षीय शिक्षा ऐनको माग गर्दै प्रदर्शन, ९ जना पक्राउ
काठमाडौँ । नेकपा बहुमत निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी)ले जनपक्षीय शिक्षा ऐनको माग गर्दै प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा साेमबार विद्यार्थीहरूले पाेशाकमै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा प्रहरीले उपाध्यक्षसहित ९ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । अध्यक्ष विरेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता–कार्यकर्ताको तत्काल रिहाइको माग गरेका छन् ।
देशव्यापी विद्यार्थी प्रदर्शनको कार्यक्रमअन्तर्गत काठमाडौँको माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको क्रान्तिकारीको आरोप छ । प्रहरीले ‘शिक्षाको व्यापार गर्ने कायर माफियाहरूको दलाल सरकार’ को निर्देशनमा दमन गरेको आरोप लगाइएको छ ।
प्रहरीले माइतीघरबाट सङ्गठनका उपाध्यक्ष रूपा बुढामगर, केन्द्रीय सचिवालय सदस्य लक्ष्मी शाह, सर्जन पाण्डे, आयुष घिमिरे, केन्द्रीय सदस्य बजिजर नेपाली, सक्षम विश्वकर्मा, सुप्रिया नेपाली, समीर विक, सञ्जना राई तथा कम्युनिस्ट युवा सङ्गठन नेपालका सचिवालय सदस्य पदम हमाललाई गिरफ्तार गरेको उल्लेख छ ।
कुनै पनि दमनले विद्यार्थी आन्दोलनलाई दबाउन नसकिने भन्दै निःशुल्क, समान र वैज्ञानिक शिक्षासहितको जनपक्षीय शिक्षा ऐन जारी गराउन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण