दोस्रो ‘बुढासुब्बा कप’को उपाधि भिजन स्पोर्टस क्लबलाई
काठमाडौँ । धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलले आयोजना गरेको सर्वाधिक धनराशिको दोस्रो ‘बुढासुब्बा कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि भिजन स्पोर्टसक्लबले हात पारेको छ ।
लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा ड्रिप सिटी ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै भिजन स्पोट्र्स क्लबले दोस्रो ‘बुढासुब्बा कप’ को उपाधि हात पार्न सफल भएको हो ।
उपाधि हात पारेसँगै क्लबले नगद पाँच हजार युरो, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता ड्रिप सिटीले दुई हजार ५०० युरो नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सो अवसरमा प्रतियोगिताका विजेता तथा उपविजेतालाई पोर्चुगलका लागि पूर्वपर्यटनदूत रमेशकुमार गुरुङले पुरस्कार प्रदान गरे ।प्रतियोगितामा युरोपका विभिन्न मुलुकका नेपाली सङ्घसंस्था र क्लबका गरी २० टोलीको सहभागिता रहेको क्लबका संयोजक अरुण राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको ड्युटीसँगै साङ्गीतिक यात्रा : प्रहरी हबल्दार शेरीराम औजीको ‘ए रुपा’ देउडा गीत भाइरल
-
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
-
धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु
-
हरेक झगडाले टुट्दैन सम्बन्ध तर यी बानीले सुटुक्क मार्छन् माया
-
राष्ट्रिय सभा बैठक बस्दै : ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
-
न्याय परिषद् ऐनमा एक महिना, व्यवहारमा वर्षौँ : कहिले होला सर्वोच्च पूर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण