राष्ट्रिय सभा बैठक बस्दै : ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको २७ औँ बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले अपराह्न १२:१५ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो।
सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा विभिन्न नौ मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।
आजको व्यवस्थापन कार्यअन्तर्गत ‘विनियोजन विधेयक, २०८३’ का विभिन्न शीर्षकमाथि भएको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्। यसअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको विनियोजन शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफ दिइनेछ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रश्नको पनि मन्त्रीले संसद्मा जवाफ दिने कार्यसूचीमा उल्लेख छ।
राष्ट्रिय सभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेटबारे उठेका प्रश्नको पनि जवाफ दिने कार्यक्रम तय भएको छ। यसका साथै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट पनि सम्बन्धित मन्त्रीले संसद्मा उठेका प्रश्नको प्रस्टीकरण दिने संसद् सचिवालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण