सङ्घीय व्यवस्थालाई सुदृढ बनाउन संसद् र सञ्चार क्षेत्रबिच सहकार्य अपरिहार्य छः गुरुङ
सारांश
- कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले संघीय व्यवस्थालाई बलियो बनाउन संचार क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताइन्।
- सभामुखले जनताप्रति जवाफदेही संसद र जिम्मेवार संचार क्षेत्रले समृद्ध समाज बनाउन योगदान पुर्याउने धारणा राखिन्।
- उनले प्रदेश सभा र नागरिकलाई जोड्ने पुलको रूपमा संचार क्षेत्रलाई हेर्नुपर्ने बताइन्, र आगामी दिनमा अझै प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन्।
सुर्खेत । कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले सङ्घीय व्यवस्थालाई सुदृढ र बलियो बनाउन संसद् र सञ्चार क्षेत्रबिच सहकार्य अपरिहार्य रहेको बताएकी छन् । मंगलबार प्रदेश सभामा आयोजित 'कानुन निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
सभामुख गुरुङले जनताप्रति जबाफदेही संसद् र जिम्मेवार सञ्चार क्षेत्रले मात्र समृद्ध समाज निर्माणमा योगदान पुऱ्याउन सक्ने धारणा राखिन् । 'संसद्को बहस, जनप्रतिनिधिका विचार तथा दृष्टिकोणलाई जनतासम्म पुऱ्याउने माध्यम भनेकै सञ्चार माध्यम हो,' उनले भनिन्, 'सञ्चार क्षेत्रलाई प्रदेश सभा र नागरिकलाई जोड्ने पुलका रूपमा हेरिनु पर्दछ ।'
उनले प्रदेश सभा संसदीय अभ्यासको सिकाइकै क्रममा रहेको बताइन् । यसलाई परिपक्व बनाउने प्रयास भइरहेको पनि उनको भनाइ छ ।
यस्तो अवस्थामा संसद् र सञ्चारको सहकार्यले नै सङ्घीय व्यवस्थालाई थप बलियो बनाउन सकिने उनको भनाइ थियो। उनले भनिन्, 'हाम्रा क्रियाकलापहरू जति धेरै जनपक्षीय, पारदर्शी र खुल्ला हुन्छन्, उति धेरै विश्वास आर्जन गर्न सकिन्छ। तसर्थ सूचना पाउने नागरिकको अधिकारप्रति सरोकारवाला निकाय जहिले पनि सचेत र संवेदनशील हुनुपर्दछ ।'
प्रदेश सभाको मुख्य काम विधि निर्माण र सरकारका कामकारबाहीको अनुगमन, निगरानी तथा मूल्याङ्कन गर्नु रहेको उल्लेख गर्दै उनले कर्णालीको समृद्धि र विकासका लागि सञ्चार लगायत सबै क्षेत्रसँग निरन्तर सहकार्य र समन्वयमा जोड दिइँदै आएको बताइन् ।
सङ्घीय लोकतान्त्रिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि मात्र नभई नागरिकहरू पनि सुसूचित हुनुपर्नेमा उनले जोड दिइन् ।
उनले भनिन्, 'संसद्को कार्यभार संसद्ले मात्र थाहा पाएर हुँदैन। यसबारे आम नागरिकले पनि बुझ्न सके संसदीय प्रणाली अझै व्यवस्थित हुन्छ ।'
कार्यक्रममा प्राप्त सल्लाह सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा प्रदेश सभा र सचिवालयका गतिविधिलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्दै सभामुख गुरुङले आफ्नो तर्फबाट आवश्यक सहयोग तथा समन्वय निरन्तर रहने विश्वास दिलाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण