कर्णालीमा स्थानीय सेवा ऐन संशोधन विधेयक सर्वसम्मत पारित
बुधबार, ३२ असार २०८२, २० : ३०
सुर्खेत । कर्णाली प्रदेश सभाले स्थानीय तहका कर्मचारीहरूको वृत्ति विकासमा महत्त्वपूर्ण मानिएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।
बुधबार बसेको प्रदेश सभा बैठकले उक्त विधेयक पारित गरेको हो ।यो सँगै कर्मचारीको स्तरवृद्धिका लागि आवश्यक भौगोलिक क्षेत्रमा काम गरेको हुनुपर्ने अनिवार्य प्रावधान हटेको छ ।
लामो समयदेखि स्थानीय तहका कर्मचारीहरूले उठाउँदै आएको यो माग सम्बोधन भएपछि उनीहरूले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।
प्रदेश सभाबाट सर्वसम्मत पारित भएको यो विधेयक अब प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि ऐनको रूपमा लागू हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण