बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आर्थिक वर्षको पहिलो दिन आठ निर्माण कम्पनी कालोसूचीमा

बिहीबार, ०१ साउन २०८२, १७ : ५४
बिहीबार, ०१ साउन २०८२

सारांश

  • चालु आर्थिक वर्षको सुरुमै ८ निर्माण कम्पनी कालोसूचीमा परेका छन्।
  • ठेक्का सम्झौताअनुसार काम नगर्दा कम्पनीहरूलाई १ देखि २ वर्षसम्म कालोसूचीमा राखिएको छ।
  • सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका कम्पनीलाई खरिद कारबाहीमा भाग लिन नपाउने जनाएको छ।

काठमाडौँ । चालु आर्थिक वर्षको सुरु दिनमै ८ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । ठेक्का सम्झौताअनुसार काम नगर्दा आठ कम्पनीलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । 

कालोसूचीमा पर्नेमा दुप्चेश्वर गाउँपालिकाको कार्यालयको सिफारिसमा तादी गाउँपालिका नुवाकोटको रोहन्ना कन्स्ट्रक्सन र लियास कन्स्ट्रक्सन, दुप्चेश्वर ५ नुवाकोटको डी एन्ड डी निर्माण सेवा रहेका छन् । यी तीनवटैलाई १/१ वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ  ।  

यस्तै सडक डिभिजन विराटनगर मोरङको सिफारिसमा स्काई विल्डर्स प्रालि, वाइबा एन्ड लामा कन्स्ट्रक्सन प्रालि र माँ जानकी निर्माण सेवा १/१ वर्षका लागि कालोसूचीमा परेका छन् । 

यसैगरी सडक डिभिजन सुर्खेतको सिफारिसमा मष्टा कन्स्ट्रक्सन एन्ड सप्लायर्स लाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यसैगरी पर्वतको महाशिला गाउँपालिकाको कार्यालयको सिफारिसमा सातविसे कन्स्ट्रक्सन दुई वर्षका लागि कालोसूचीमा परेको छ  । 

साथै कालोसूचीमा परेको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने समेत कार्यालयले जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप