मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अबुधाबीमा कार्यरत नेपालीले वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिन सक्ने

बिहीबार, ०१ साउन २०८२, २१ : ०८
बिहीबार, ०१ साउन २०८२

काठमाडाैँ । रोजगारीका लागि सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गरेका नेपाली श्रमिकहरूले अब वैधानिक प्रक्रियाबाट श्रम स्वीकृति पाउने भएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जारी निर्देशिका अनुसार युएईको अबुधाबी इमिरेटसमा कार्यरत नेपाली कामदारले नेपाली राजदूतावास अबुधाबीमा आवेदन दिएमा वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको छ।

नेपाली राजदूतावास अबुधाबीले दिएको जानकारी अनुसार हाल युएईको अबुधाबीमा कार्यरत नेपालीहरूको कालागि मात्रै प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार, बिहान साढे १० देखि दिउँसो साढे १ यस्तो सुविधा प्रदान गरिने छ । 

दुबईसहित अन्य इमिरेटसमा कार्यरत नेपाली कामदारको हकमा पछि सूचना जारी गरिने छ।

सेवाग्राहीले अनलाइनमा पेश गर्नु पर्ने कागजातहरुः
१. अनलाइन आवेदन,
२. कम्तिमा तीन महिना म्याद बाँकी भएको राहदानी
३. UAE को भिसा / Emirates ID Card
४. म्यादी जीवन बीमा गरेको प्रमाण,
५. सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको प्रमाण,
६. सामाजिक सुरक्षा कोषको कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण,
७. कम्पनीसँग भएको करार सम्झौता पत्र

517088384_1121272813391828_1601853514862325919_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप