सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

स्मिथ बनिन् महिला फुटबल इतिहासकै सबैभन्दा महँगो खेलाडी

बिहीबार, ०१ साउन २०८२, २१ : ५१
बिहीबार, ०१ साउन २०८२

काठमाडाैँ । क्यानडाकी युवा फरवार्ड ओलिभिया स्मिथ महिलाको फुटबल इतिहासमै सबैभन्दा महँगो खेलाडी बनेकी छिन्। २० वर्षीया खेलाडीले इंग्लिस क्लब आर्सनलमा लिभरपुलबाट १ मिलियन पाउन्डमा चार वर्षका लागि अनुबन्ध गरेकी हुन्।

यो ट्रान्सफरले यसअघि चेल्सीले अमेरिकन डिफेन्डर नाओमी गिर्मालाई स्यान डिएगो वेभबाट ९ लाख पाउन्डमा अनुबन्ध गरेको रेकर्डलाई तोडेको छ। ‘आर्सनलमा अनुबन्ध हुनु मेरो लागि गर्व र सम्मानको कुरा हो,’ स्मिथले भनिन्, ‘इंग्ल्यान्ड र युरोपमा ठुला उपाधिहरूका लागि प्रतिस्पर्धा गर्ने मेरो सपना थियो, र अहिले त्यही सपना पूरा हुँदैछ।’

स्मिथले २०२३ मा मात्र व्यावसायिक फुटबल सुरु गरेकी थिइन्। उनी पुर्तगाली क्लब स्पोर्टिङबाट लिभरपुलमा २ लाख पाउन्डमा अनुबन्ध भएकी थिइन्, जुन क्लबकै कीर्तिमानी रकम थियो। स्मिथले १५ वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिइन्।

आर्सनलका प्रमुख प्रशिक्षक रेनी स्लेगर्सले स्मिथलाई ‘उत्साहजनक युवा खेलाडी’ को संज्ञा दिँदै टिममा ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। लिभरपुलका लागि उनले आफ्नो पहिलो वुमेन्स सुपर लिग सिजनमा २० खेलमा ७ गोल गरेकी थिइन्। लिभरपुल सो सिजन सातौँ स्थानमा सीमित भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप