एमाले पोलिटब्युरो बैठक आज, विधान संशोधन प्रस्तावमाथि छलफल हुने
शुक्रबार, ०२ साउन २०८२, ०६ : ३५
सारांश
- नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्ने भएको छ, जसमा विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ।
- सचिवालय बैठकले विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस गरेको थियो।
- केन्द्रीय पदाधिकारी १५ जना बनाउन नेताहरू सहमत भएका छन्, उपाध्यक्ष विष्णु पौडेलले ११ सदस्यीय प्रस्ताव गरेका थिए।
काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्ने भएको छ । दिउसो १ बजे बस्ने बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए ।
यसअघि बिहीबार बसेको सचिवालय बैठकले विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो ।
विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।
उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको सचिव भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण