मुलपानीमा ढलले बगाएका व्यक्तिको प्रहरीद्वारा उद्धार
शुक्रबार, ०२ साउन २०८२, १५ : ००
सारांश
- कागेश्वरी मनोहरा नगरपालिकामा ढलमा खसेका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ।
- उद्धार गरिएका व्यक्ति दोलखाका ६० वर्षीय तोरणबहादुर बस्नेत हुन्।
- प्रहरीले उनलाई ढलबाट करिब १ सय मिटर तलबाट उद्धार गरेको हो।
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित बाबा चोकमा ढलले बगाएका एक जना व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । दोलखाको बैत्यश्वर गाउँपालिका–५ घर भएका ६० वर्षीय तोरणबहादुर बस्नेतलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
शुक्रवार सवा १२ बजेतिर बस्नेत ढलमा खसेका थिए । प्रहरी वृत्त बौद्धका डीएसपी जयश्वर रिमाल नेतृत्वको टिमले उनलाई उद्धार गरेको हो । उनलाई ढलले करिब १ सय मिटर तलसम्म बगाएको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण