राजनीति
एमाले पोलिटब्युरो बैठक : विष्णु पौडेल र शंकर पोखरेलका प्रस्ताव प्रस्तुत
शुक्रबार, ०२ साउन २०८२, १६ : ४३
सारांश
- नेकपा एमालेको पोलिटब्युरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरे।
- महासचिव शंकर पोखरेलले संगठनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेपछि राजनीतिक प्रतिवेदन पेश हुनेछ।
- वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले विधान हेरफेरप्रति असन्तुष्टि जनाएका थिए।
काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष पौडेलले विधानमा गर्नुपर्ने हेरफेरसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
पौडेलपछि महासचिव शंकर पोखरेलले संगठनसम्बन्धी प्रतिवेदन पेस गरिरहेका छन् । ‘उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्तावको प्रस्तुति सकेर महासचिव शंकर पोखरेलले तयार पारेको संगठनात्मक प्रतिवेदनको प्रस्तुति भइरहेको छ’, बैठकमा सहभागी एक पोलिटब्युरो सदस्यले भने, ‘त्यसपछि राजनीतिक प्रतिवेदन पेस हुनेछ ।’
त्यसपछि तीनवटै प्रतिवेदनमा छलफल हुने बताइएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका केही नेताहरूले विधानको हेरफेरप्रति असन्तुष्टि जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण