सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

म्बुओमो ६५ मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेडमा अनुबन्धित हुने

शुक्रबार, ०२ साउन २०८२, २१ : ३७
शुक्रबार, ०२ साउन २०८२

काठमाडौँ । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डका क्यामरुन अन्तर्राष्ट्रिय विङ्गर ब्रायन म्बुओमोलाई ६५ मिलियन पाउण्डमा अनुबन्ध गर्ने भएको छ ।

२५ वर्षीय म्बुओमोले अब मेडिकल परीक्षण पूरा गरेपछि क्लबको प्रि–सिजन टुरका लागि प्रशिक्षक रुबेन अमोरिमको टोलीसँग अमेरिका जाने सम्भावना छ ।

यो सिजन युनाइटेडको तर्फबाट उनले अनुबन्ध गर्ने तेस्रो खेलाडी बन्न लागेका हुन्। यसअघि ब्राजिली फरवार्ड मातेयुस कुन्हा र डिएगो लिओनलाई युनाइटेडले अनुबन्ध गरिसकेको छ ।

युनाइटेडले म्बुओमोका लागि जुन महिनाको सुरुवातमा ५५ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । त्यसपछि ६२.५ मिलियन पाउण्डको दोस्रो प्रस्ताव पनि अस्वीकृत भएको थियो । 

तर हालै गरिएको ६५ मिलियनको प्रस्ताव (५ मिलियनको एड–अनसहित ७० मिलियन पाउण्ड सम्म पुग्न सक्ने) ब्रेन्टफोर्डले स्वीकार गरेको हो। सन् २०१९ मा फ्रेन्च क्लब ट्रोएसबाट ब्रेन्टफोर्ड आएका म्बुओमो क्लबको इतिहासमै सबैभन्दा महँगो मूल्यमा बिक्री हुने खेलाडी बन्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप