शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

आन्तरिक राजस्व कार्यालय पोखराले उठायो ६ अर्बभन्दा बढी राजस्व

शुक्रबार, ०२ साउन २०८२, २२ : ३४
शुक्रबार, ०२ साउन २०८२

सारांश

  • आन्तरिक राजस्व कार्यालय पोखराले यो वर्ष ६ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
  • आर्थिक वर्ष २०८१/०८२ मा अघिल्लो वर्षको तुलनामा ५१ करोड रुपैयाँ बढी राजस्व उठेको छ ।
  • सहकारी क्षेत्रमा देखिएको समस्या र आर्थिक सुस्तताले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन।

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले यो वर्ष ६ अर्ब भन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ भित्र अघिल्लो वर्षको तुलनामा ५१ करोड रुपैयाँ भन्दा बढी राजस्व उठाएको हो । वर्षभरिमा ६ अर्ब ८ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ५ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यो वर्ष ७ अर्ब १९ करोड १७ लाखको वार्षिक लक्ष्य राखेकोमा लक्ष्यको ८५ प्रतिशत मात्र लक्ष्य हासिल गरेको हो ।

सङ्कलित राजस्वमध्ये आयकरतर्फ सबैभन्दा बढी ४ अर्ब, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ८९ करोड ५९ लाख र अन्तःशुल्कतर्फ १८ करोड ४५ लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

सहकारी क्षेत्रमा देखिएको समस्या र समग्र आर्थिक सुस्तताका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले बताए ।  ‘आर्थिक गतिविधिमा आएको कमीले लक्ष्यमा पुग्न चुनौती भयो,’ उनले भने–  ‘तर गत वर्षभन्दा सङ्कलन बढ्नु सकारात्मक पक्ष हो ।’

आन्तरिक राजस्व कार्यालयले ६८ हजार व्यावसायिक र २ लाख १० हजार व्यक्तिगत प्यान लिने करदाता छन् । तीमध्ये १२ हजार ५ सय करदाता मूल्य अभिवृद्धि करमा दर्ता छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप