लस एन्जलसको तालिम केन्द्रमा विस्फोट, कम्तीमा तीन जनाको मृत्यु भएकाे आशङ्का
सारांश
- लस एन्जलसको तालिम केन्द्रमा भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
- विस्फोटक पदार्थ सार्ने क्रममा दुर्घटना भएको आशंका गरिएको छ, तर कारण अझै स्पष्ट छैन।
- घटनापछि घाइतेको उपचार भइरहेको छ भने सुरक्षाका लागि क्षेत्रलाई घेराबन्दी गरिएको छ।
काठमाडौँ । लस एन्जलस काउन्टी शेरीफ डिपार्टमेन्टको तालिम केन्द्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान करिब ७ः३० बजे भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको बताइएको छ। यो घटना पूर्वी लस एञ्जलसस्थित ‘युजिन बिस्कालुज’ तालिम केन्द्रमा भएको हो।
घटनाको कारण हालसम्म स्पष्ट भइसकेको छैन, तर प्रारम्भिक जानकारी अनुसार घटनास्थलमा रहेका बम डिस्पोजल टोलीले विस्फोटक पदार्थ सार्ने क्रममा दुर्घटना भएको आशंका गरिएको छ। तर, अधिकारीहरूले यसबारे औपचारिक पुष्टि गरेका छैनन्।
घटनामा एक जना घाइते भएका छन् र उपचारका लागि अस्पताल लगिएको जनाइएको छ। विस्फोटपछिको क्षेत्रलाई सुरक्षाका लागि घेराबन्दी गरिएको छ ।
अमेरिकी महान्यायाधिवक्ता पाम बण्डीले घटनालाई “भयानक” भन्दै सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेकी छन्, ‘हाम्रा संघीय एजेन्टहरू घटनास्थलमा छन्।’
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले पनि घटनाबारे जानकारी लिँदै आफ्नो कार्यालयले शेरीफ डिपार्टमेन्टसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण