दिगो विकास लक्ष्यलाई स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्छ : उपाध्यक्ष अधिकारी
सारांश
- राष्ट्रिय योजना आयोगका उपाध्यक्षले दिगो विकास लक्ष्य स्थानीय आवश्यकता अनुसार कार्यान्वयन गर्नुपर्ने बताए।
- उनले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरूमा एकीकृत प्रयासको आवश्यकता औंल्याए।
- उपाध्यक्षले स्थानीय तहलाई प्रभावकारी बनाउन विभिन्न उपकरण र साझेदारी मञ्चको महत्त्वबारे प्रकाश पारे।
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले दिगो विकास लक्ष्यलाई स्थानीय आवश्यकता, ज्ञान र प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । शनिबार न्यूयोर्कमा सम्पन्न दिगो विकास लक्ष्य स्थानीय करण साझेदारी मञ्च २०२५ को वार्षिक बैठकमा बोल्दै उपाध्यक्ष अधिकारीले सो कुरा बताएका हुन् ।
शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबी निवारण जस्ता विषयहरू एक आपसमा जोडिने हुँदा एकीकृत र समन्वित स्थानीय प्रयासबाट मात्रै दिगो र दीर्घकालीन परिवर्तन सम्भव हुने उनले बताए ।
उपाध्यक्ष अधिकारीले नेपाल सङ्घीय संरचनाअन्तर्गत सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको जानकारी गराउँदै स्थानीय सरकारहरू नै नागरिकसँग सबैभन्दा नजिक हुने भएकाले उनीहरूले आफ्ना समुदायको आवश्यकता बुझ्न, चाँडो प्रतिक्रिया दिन र प्रत्यक्ष रूपमा विश्वास निर्माण गर्न सक्ने बताए ।
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगले रणनीति तयार गर्ने, मार्गदर्शन गर्ने, अनुगमन गर्ने र सबै तहमा क्षमता अभिवृद्धि गर्ने काम गरिरहेको समेत उपाध्यक्ष अधिकारीले जानकारी दिए ।
उनले स्थानीय तहलाई अझ प्रभावकारी बनाउन दिगो विकास लक्ष्य स्थानीय करण कार्यान्वयन मार्गदर्शिका २०२१’ र दिगो विकास लक्ष्य कोडिङ स्रोत पुस्तक २०२२’ जस्ता उपकरण सञ्चालनमा ल्याइएको र नेपालले तेस्रो भोलियन्टरी नेशनल रिभ्यु २०२४ (भीएनआर) मा समेत प्रस्तुत गरेर आफ्नो प्रतिबद्धता देखाइसकेको जानकारी दिए ।
उपाध्यक्ष अधिकारीले हालै चन्द्रा गिरी नगरपालिकाले (युएन हेबीटाट) को प्राविधिक सहयोगमा तयार पारेको वोलिन्टरी लोकल रिभ्यु (भीएलआर) लाई विशेष उपलब्धिका रूपमा उल्लेख गर्दै यसले स्थानीय सरकारलाई एसडीजी प्रगतिलाई मापन गर्न, खाका तयार पार्न र चुनौती पहिचान नीतिगत सुधार गरी लगानी योजना बनाउन सहयोग पुर्याएको बताए ।
उनले यसले मात्र नपुग्ने भन्दै नयाँ चुनौतीहरू सामना गर्न थप तालिम, स्थानीय तहमा बलियो कार्यान्वयन, पर्याप्त वित्तीय स्रोत, तथ्याङ्क प्रणाली मजबुत पार्न र प्रविधि स्थानान्तरण आवश्यक रहेको बताए ।
उनले यी सबै प्रयासलाई एउटै छातामुनि ल्याउन ‘साझेदारी मञ्च’ अझ सशक्त हुन जरुरी रहेको बताउँदै यसले नेपालको राष्ट्रिय दृष्टिकोणलाई स्थानीय कार्यसँग मात्रै होइन, वैश्विक सहयोग र ऐक्यबद्धतासँग पनि जोड्ने बताए ।
स्थानीय तहमै वास्तविक प्रगति सुनिश्चित गर्नुपर्ने सन्देशसहित दिगो विकास लक्ष्य स्थानीय करण साझेदारी मञ्च ‘२०२५ वार्षिक बैठक न्यूयोर्कमा सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण