शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्रीकाे भारत भ्रमण

प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भएसँगै गृहकार्यमा जुट्यो परराष्ट्र मन्त्रालय

आइतबार, ०४ साउन २०८२, १४ : १२
आइतबार, ०४ साउन २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति निश्चित भएसँगै परराष्ट्र मन्त्रालयले गृहकार्यको तयारी थालेको छ। प्रधानमन्त्री ओली भदौ ३१ गते भारतको दुई दिने भ्रमणमा जाँदैछन् । त्यसका लागि परराष्ट्र मन्त्रालय गृहकार्यको तयारीमा जुटेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने भएपछि त्यसको तयारीमा मन्त्रालय जुटेको बताए । 

प्रधानमन्त्रीको भारत भ्रमणमा के–के विषयमा छलफल हुने भन्नेबारे प्रधानमन्त्री कार्यालयसँग समन्वय भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप