५ करोडको चिउरा, १० लाखकाे भुजा आयात
मङ्गलबार, ०६ साउन २०८२, ११ : ४३
सारांश
- गत आर्थिक वर्षमा नेपालले ५ करोड ५ लाख ९९ हजारको चिउरा आयात गरेको छ।
- नेपालले भारतबाट १२ लाख १६ हजार केजी चिउरा आयात गरेको तथ्याङ्क छ।
- चिउरा आयातबाट ७२ लाख भन्सार महसुल सङ्कलन भएको छ।
काठमाडौँ । नेपालले गत आर्थिक वर्षमा ५ करोड ५ लाख ९९ हजारको चिउरा आयात गरेको छ । भारतबाट १२ लाख १६ हजार केजी चिउरा आयात गरेको हो ।
भन्सार विभागको वार्षिक तथ्याङ्क अनुसार चिउरा नेपालले भारतबाट मात्रै आयात गर्दा ७२ लाख भन्सार महसुल सङ्कलन गरेको छ । यस्तै नेपालले इन्डोनेसिया र भारतबाट भुजा आयात गरेको छ ।
भारतबाट १० लाख ६७ हजार रुपैयाँ बराबरको १८ हजार केजी र १० केजी भुजा इन्डोनेसियाबाट आयात गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण