नेपालमा जबरजस्ती निष्कासन र आवासविहीनता बढ्दै
सारांश
- एम्नेस्टी इन्टरनेसनलले नेपालमा जबरजस्ती निष्कासन र आवासविहीनता बढ्दै गएको प्रतिवेदन सार्वजनिक गरेको छ।
- सरकारको नीतिगत अस्पष्टता, कानुनी कमजोरी र समन्वयहीनताका कारण दलित, आदिवासी र भूमिहीन समुदाय प्रभावित भएका छन्।
- एम्नेस्टीले निष्कासनको अभ्यास रोक्न, उचित प्रक्रिया अपनाउन र पुनर्स्थापना योजना बनाउन सरकारसँग माग गरेको छ।
काठमाडौँ । सरकारी असफलताको कारण नेपालमा जबरजस्ती निष्कासन र आवासविहीनता बढ्दै गएको देखिएको छ । एम्नेस्टी इन्टरनेसनलले मंगलबार ‘कहीँ जाने ठाउँ छैन: नेपालमा जबरजस्ती निष्कासन’ शीर्षकको प्रतिवेदन सार्वजनिक गर्दै निष्कासन र आवासविहीनता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको हो ।
सरकारको नीतिगत अस्पष्टता, कानुनी कमजोरी र समन्वयहीनताको कारण दलित, आदिवासी जनजाति र भूमिहीन समुदायहरू निष्कासन र आवासहीनताको मारमा परेको एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियाले बताए । उनले विभिन्न जिल्लाका प्रतिनिधिमूलक निष्कासनका घटनाहरू उल्लेख गर्दै प्रभावित समुदायहरूमाथि कुनै उचित कानुनी प्रक्रिया बिना जबरजस्ती घर भत्काउने, आवास गुमाउने र पुनर्स्थापनाका लागि आधारभूत परामर्शसमेत नगर्ने कार्यहरू दोहोरिएको जिकिर गरे ।
उनले आवासको अधिकारसम्बन्धी ऐन, २०७५ को कार्यान्वयनमा सरकार असफल भएको तथा कानुनी संरचनाको अभावमा प्रभावित समुदायहरूमा गहिरो मानवीय संकट उत्पन्न भएको बताए । राष्ट्रिय मानवअधिकार आयोगले समेत केही निष्कासन घटनाको अनुगमन गरी सिफारिसहरू गरे पनि पर्याप्त स्रोत र क्षमता अभावमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ ।
उनले जबरजस्ती निष्कासनको अभ्यास तत्काल अन्त्य गर्न, निष्कासन आवश्यक परेमा मात्र उचित कानुनी प्रक्रिया अपनाउन तथा प्रभावित समुदायको सहभागितामा पुनर्स्थापना योजना बनाउन सरकारसँग माग पनि गरे । उनले भने, ‘२०७५ सालमा आवासको अधिकारसम्बन्धी ऐन जारी भएको छ । त्यो ऐनमा केही त्रुटिहरू छन् । एम्नेस्टीले त्यो ऐनमा भएको त्रुटिहरूलाई पनि औँल्याएको छ । यद्यपि एउटा एउटा ऐन हामी पाएका छौँ । तर पनि त्यसका लागि आवश्यक पर्ने नियमावलीहरू अझै पनि अपुरा छन् । भूमिसम्बन्धी ऐनले अझै पनि नेपालमा धेरै मानिसहरू भूमिहीन हुनुहुन्छ र उहाँहरूलाई आवास लगायतको व्यवस्था गर्ने प्रतिबद्धता समेत छँदैछ । तर पनि भएका ऐनहरूको प्रभावकारी कार्यान्वयन भएको छैन ।’
पटक पटक गरेर देशका विभिन्न ठाउँका सुकुम्बासीहरूलाई सरकारले हटाएको भएपनि उनीहरूको व्यवस्थापन गर्न नसकेको पाटो एम्नेस्टीको प्रतिवेदनले उजागर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण