‘नाकछोङ’को यूकेमा गरियो विशेष प्रदर्शन
सारांश
- नेपाली फिल्म 'नाकछोङ' (बिजुवा) यूकेमा विशेष प्रदर्शन गरिएको छ, जसमा स्थानीय नेता र नेपाली समुदायको उपस्थिति थियो।
- फिल्मका निर्माता ज्योतिराज राईको सहभागिता रहेको थियो भने दर्शकहरूले फिल्मको कथा र निर्माणको प्रशंसा गरे।
- यो फिल्म बेलायतका विभिन्न स्थानहरू, युरोप, हङकङ, कोरिया, र अन्य देशहरूमा प्रदर्शन हुने तय भएको छ।
काठमाडौँ । नेपाली मौलिक संस्कृति र राई समुदायको परम्परागत मूल्यलाई आत्मसात् गर्दै निर्माण भएको फिल्म ‘नाकछोङ’ (बिजुवा) यूकेमा विशेष प्रदर्शन गरिएको छ । ‘द आसफोर्ड सिनेमा’मा २० जुलाईमा आयोजित प्रदर्शनमा स्थानीय नेता, व्यवसायी, भआईपी, यूके निवासी नेपाली लगायतको उल्लेख्य उपस्थिति थियो ।
फिल्मको विशेष प्रदर्शनमा फिल्मका तर्फबाट निर्माता ज्योतिराज राई सहभागी थिए । विशेष प्रदर्शनमा फिल्म हेर्ने अधिकांशले फिल्म मनपरेको प्रतिक्रिया दिए । कतिपयले कथा र फिल्म मेकिङ राम्रो भन्दे तारिफ गरेको निर्माता राईले बताए । फिल्म प्रदर्शनको सम्पूर्ण व्यवस्थापन किरात राई यायोक्खा प्रा.का.स आसफोर्डद्वारा गरिएको हो ।
फिल्म अब बेलायतमा रहेका किरात राई यायोक्खाको सत्रवटै प्राकासमा प्रदर्शन गरिनेछ । फिल्म युरोपको ५ स्थान र हङकङ, कोरिया, अस्ट्रेलिया, जापान, सिंगापुर, ब्रोनाई, मलेसिया लगायत स्थानमा समेत विशेष प्रदर्शन फिक्स भैसकेको निर्माता राईको भनाई छ ।
फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, सुस्मा सुब्बा गुरुङ, सारा राई, तायाहाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङ्बाङ, विनोद पोमो, तुलशा लिम्बु, मदन खोदूङ राई ,ससिता राई रसा लिम्बु , मिसन बान्तवा राई,सागर केरुङ, बबिन राई र बाल कलाकार जेशन राई लगायतको अभिनय छ ।
फिल्म किरण राईले निर्देशन गरेका हुन् । किरणको यो निर्देशनमा तेस्रो फिल्म हो । उनले यसअघि ‘लुङा’ र ‘जिउपंचौ’ निर्देशन गरेका थिए । फिल्ममा लेखन समेत किरणकै छ पोपीराज राई निर्माता रहेको फिल्मको छायाङ्कन बाबु श्रेष्ठले गरेका हुन् । राजन मुकारुङ र विष्णु किरातीको शब्द, दिनेशकाजी बान्तवा, अनिल कोई राईको सङ्गीत रहेको फिल्मको गीतमा नोगेन लिम्बु र परेस राईले स्वर दिएका छन् ।
फिल्मको मुख्य सहायक निर्देशक बारत लिम्बु रहेका छन् । कार्यकारी निर्माता रमु श्रेष्ठ रहेको फिल्मको पटकथा सम्पादन निर्देशक किरण र निर्माता ज्योतिराजले मिलेर तयार पारेका हुन् भने पार्श्व सङ्गीत मोनिष निरौला, कलर अनिल राना, ध्वनि संयोजन र मिक्सिङ सागर अर्यालको रहेको फिल्मका निर्माण नियन्त्रक दोय गिरीराज राई र कमल लिम्बु (सार्के) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण