पाँचौँ महाधिवेशनमा मदन भण्डारीलाई पनि बोल्न दिइएको थिएन : अध्यक्ष निरौला
बुधबार, ०७ साउन २०८२, २० : ००
सारांश
- नेकपा एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले विद्या भण्डारीलाई पार्टीमा रोक लगाइएकोमा असन्तुष्टि व्यक्त गरे।
- उनले मदन भण्डारीलाई बोल्न नदिएको र केपी ओलीलाई उपत्यका छाड्न बाध्य पारेको स्मरण गराए।
- भण्डारीलाई पार्टीमा रोक लगाइएको प्रति अन्य नेता तथा कार्यकर्ताले पनि असन्तुष्टि जनाएका छन्।
काठमाडौँ । नेकपा एमालेका काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले विद्या भण्डारीलाई पार्टीमा रोक लगाइएकोप्रति असन्तुष्टि जनाएका छन् । विगतमा पार्टी महासचिव मदन भण्डारीलाई पनि बोल्न नदिइएको स्मरण गर्दै उनले प्रतिबन्ध समाधान नभएको बताएका हुन् ।
उनले भनेका छन्– इतिहास साक्षी छ, पाँचौँ महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाई बोल्न नदिएको । यसैगरी बहुदलीय जनवादको विषय सुरु गर्दा सुरुमा साथ दिने पनि न्यून नै थिए । यसैगरी केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने विगत पनि भोगेकै हो । केपी ओलीलाई मातहतमा नबोलाउन निर्देशन गरेर आन्दोलन रोकिएन । यसैको पृष्ठभूमिमा अघि बढेको एमाले हो।
भण्डारीलाई पार्टीमा रोक लगाइएकोप्रति विभिन्न नेता कार्यकर्ताहरूले असन्तुष्टि प्रकट गरिरहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण