एक महिनासम्म बियर मात्रै खाएर बसेका थाई पुरुषको निधन
सारांश
- बाङ चाङ जिल्लामा एक पुरुषको घरमा मृत्यु भयो, जो बियर अत्यधिक सेवनका कारण बेहोस भएका थिए।
- मृतक ४४ वर्षीय थाविसाक नामवोङ्सा थिए, जसले सम्बन्ध विच्छेदपछि एक महिनाभन्दा बढी समयदेखि बियर मात्रै खाएका थिए।
- मृतकको छोराले बताए अनुसार, उनका पिताले खाना खान मानेनन् र ओछ्यानमा रित्ता बियरका बोतलहरू भेटिए।
बैंकक । गएको हप्ता सियम रायोङ्ग फाउन्डेसनका कामदारहरूलाई बाङ चाङ जिल्लामा रहेको एक घरमा आउनका लागि फोन आयो । ती घरमा बस्ने एक पुरुष सिजर भएर बेहोस भएका थिए ।
दुःखको कुरा उद्धारकर्मीहरू भनिएको घरमा आइपुग्दा ती पुरुषको मृत्यु भइसकेको थियो । पुरुष ४४ वर्षको थाविसाक नामवोङ्सा भएको बताइएको छ । श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर बसेका पुरुषको १६ वर्षको छोरा थिए ।
मृतकको छोराका अनुसार उनको पिता एक महिनाभन्दा बढी समयदेखि बियर मात्रै खाएर बसिरहेका थिए । आफू एक दिन विद्यालयबाट फर्किँदा पितालाई सिजर भएर ओछ्यानमा ढलिरहेको अवस्थामा पाए । खाटको आसपास रित्ता बियरका बोतलहरू मात्रै थिए ।
उद्धारकर्मीहरूले शयन कक्षको भुँइमा बियरका सयौँ खाली बोतल देखे । यी बोतलको बिचमा ओछ्यानबाट उठेर हिँड्नका लागि निकै थोरै मात्रै ठाउँ थियो । आफू विद्यालयबाट आएपछि हरेक दिन पिताका लागि खाना पकाउने गरेको तर उनले केही पनि खान नमानेको छोराको भनाइ थियो ।
एक महिनाभन्दा धेरै समयदेखि पिता बियरकै भरमा बाँचिरहेको पनि उनले बताए । पितालाई भएका स्वास्थ्य समस्याबारे उनले केही पनि बताउन सकेनन् । तर सम्बन्ध विच्छेदको पीडा भुलाउन पिताले पिइरहेको चाहिँ उनले बताए । बियरमा क्यालोरी धेरै भए पनि यसमा शरीरका लागि अत्यावश्यक पोषक तत्त्व हुन्न ।
खानाको सट्टामा बियर मात्रै पिउँदा पोषक तत्त्वको अभाव र कलेजो खराब हुने जस्ता गम्भीर जोखिम निम्तन सक्छन् । बियर ठिक्क मात्रामा खानुपर्छ भनेर स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण