सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

‘सिङ्गिङ स्टार नेपाल’बाट पैसा नपाएको निर्णायक त्रिशला गुरुङको गुनासो

बुधबार, ०७ साउन २०८२, १७ : ५८
बुधबार, ०७ साउन २०८२

काठमाडौँ । गायिका तथा टेलिभिजन गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल’ निर्णायक डा। त्रिशला गुरुङले आफुले पैसा नपाएको गुनासो गरेकी छन् ।

शो सकिएको तीन महिना बितिसक्दा पनि पारिश्रमिकको आधा रकमसमेत नपाएको गुनासो गरेकी हुन् ।

सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै उनले शोका निर्देशक प्रमोद भण्डारीले सम्झौताअनुसारको रकम नदिएको र सम्पर्कका सबै माध्यमहरूमा बेवास्ता गरेको लेखेकी छन् । 

'आज हाम्रो देशको मनोरञ्जन उद्योगको अवस्था देखेर म अत्यन्तै दुःखी छु । हामी सधैं आफ्नो कामप्रति इमानदार रह्यौं र यो ब्रान्डलाई आफ्नै जस्तो मानेर काम गर्‍यौं। तर शो सम्पन्न भएको ३ महिना बितिसक्दा पनि सम्झौतामा उल्लेख गरिएको रकमको आधा पनि हामीले पाएका छैनौं ।'

आफूहरू कामप्रति इमानदार हुँदाहुँदै पनि यस्तो स्थिति हुँदा दुःख लागेको उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप