टेकअफका लागि रनवेमा विमान दौडिरहेको बेलामा माथिबाट अर्को विमान आएपछि...
सारांश
- मेक्सिको विमानस्थलमा डेल्टा एयरलाइन्स र अर्को विमान ठोक्किनबाट जोगिए, पाइलटले अन्य विमान देखे।
- डेल्टा एयरलाइन्सको विमान एटलान्टाको लागि उड्न तयार थियो, तर अर्को विमान अवतरणका लागि आएपछि रोकियो।
- घटनापछि डेल्टा एयरलाइन्सले मेक्सिकन उड्डयन प्राधिकरणलाई उजुरी दिएको छ, जसमा १४४ यात्रु सवार थिए।
वासिङ्टन डीसी । डेल्टा एयरलाइन्सको विमानले उड्न भनेर गति लिइसकेको थियो । ठ्याक्कै यतिबेला विमानका पाइलटले आफ्नो विमानभन्दा केही पर आकाशमा अर्को विमान देखे ।
केही क्षणको लागि, डेल्टा एयरलाइन्सको ककपिटमा रहेका उडान चालक दलका सदस्यहरूको सात्तो गयो । यो घटना मेक्सिको विमानस्थलको हो, जहाँ दुई विमानहरू केही मिटरको दूरीमा एकअर्कासँग ठोक्किनबाट भाग्यले बचे ।
डेल्टा एयरलाइन्सले यस घटनाबारे मेक्सिकन उड्डयन प्राधिकरण, अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)लाई उजुरी दिएको छ ।
मेक्सिको विमानस्थलको यो घटना सोमबारको हो । डेल्टा एयरलाइन्सको उडान डीएल–५९० बिहान ७ः०५ बजे एटलान्टाको लागि प्रस्थान गर्नेवाला थियो । एयरलाइन्सले यस उडानको लागि बोइङ ७३७–८३२ विमान तैनाथ गरेको थियो ।
विमान करीब १४४ जना यात्रु र ६ चालक दलका सदस्यहरू लिएर उडान भर्न रनवे ५आर मा पुगेको थियो । रनवे छाड्न विमान भर्खरै तीव्र गतिमा दौडन थालेको थियो, त्यतिबेला विमानका पाइलटले आकाशतिर हेरे ।
एउटा विमान सोही धावनमार्गमा अवतरण गर्न माथिबाट तीव्र गतिमा आउँदैथियो । यो देखेर, केही बेर त डेल्टाको विमानभित्रका दुवै जना पाइलटको सास घाँटीमै अड्किएला जस्तो भयो ।
उनीहरूले तुरुन्तै विमान रोक्ने प्रक्रिया सुरु गरे । पाइलटले हर्को विमानलाई देख्दा दुईबिचको दूरी मात्रै २०० फिट थियो । डेल्टा एयरलाइन्सको विमान समयमै नरोकिएको भए, विमानस्थलमा भयानक दुर्घटना हुन सक्थ्यो ।
विमान रोकिएको केही सेकेन्डमै एरोमेक्सिको कनेक्ट उडान ५डी–१६३१ रनवे ५आर मा अवतरण भयो । अवतरण गर्ने विमान एम्ब्रेर १९० को क्षेत्रीय विमान थियो, जुन अगुआस्कालिन्टेसबाट मेक्सिको आइपुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण